आपतकालिन ऋण

यस संस्थाका शेयर सदस्यहरुको सेवा तथा सुविधाको लागि आपतकालिन ऋण संस्थाको सदस्यता प्राप्त गरेको अवधिको आधारमा तोकिएको शर्तको अधीनमारही र निम्नानुसारको सीमाभित्र लगानी (प्रवाह) सकिनेछ । साथै यो ऋण लिएका ऋणी शेयर सदस्यहरुले उपचार ऋण प्राप्त गर्न सक्नेछैन ।

सदस्यता प्राप्त अवधि सदस्यको संस्थामा रहेको शेयर संख्या  ऋण लगानी गर्न सकिने रकम
६ महिना सम्म ५० कित्ता  ५,०००
६ – १२ महिना सम्म  ५० कित्ता  ७,०००
१ – २ वर्ष सम्म   ५० कित्ता  ८,०००
२ – ३ वर्ष सम्म  ५० कित्ता  ९,०००
३ – ५ वर्ष सम्म  ६० कित्ता  १०,०००
५ – १० वर्ष सम्म  ८० कित्ता  १५,०००
१० वर्ष देखि माथि  १०० कित्ता  २०,०००

ऋणको अवधि

  • यो ऋण बढीमा ३ महिनाको भाखा (समय) को लगानी (प्रवाह) गरिनेछ ।

व्याजदर

  • यो शिर्षकमा व्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका

  • यो ऋण एकमुष्ट रुपमा वा पटक पटक सांवा व्याज वुझाउनु पर्नेछ ।