वचत जमानी ऋण

यस प्रकारको ऋण संस्थामा नियमित वचत गर्ने शेयरधनी सदस्यहरुलाई सुविधाको लागि लगानी गर्न सकिनेछ ।
ऋण लगानी तथा प्राप्त गर्ने आधार

  • यस प्रकारको ऋण संस्थाका शेयर सदस्यहरुलाई निजको विद्यमान शेयर रकमको बमोजिम वढीमा ७५% र वचत रकमको हकमा देहाय बमोजिम थप ऋण लगानी (प्रवाह) गर्न सकिनेछ ।

ऋणको सिमा र अवधि

क्र.सं. सदस्यता प्राप्त गरेको अवधि वचतमा थप गरिने ऋण रकम कैफियत
१. १ (एक) वर्ष पुरा भएका शेयर सदस्यलाई रु.५०००/-
२. २ (दुई) वर्ष पुरा भएका शेयर सदस्यलाई रु.१०,०००/-
३. ३ (तीन) वर्ष पुरा भएका शेयर सदस्यलाई रु.१५,०००/-
४. ४ (चार) वर्ष पुरा भएका शेयर सदस्यलाई रु.२०,०००/-
५. ५ (पांच) वर्ष भन्दा पुराना शेयर सदस्यालाई रु.२५,०००/-
  • तर संस्थाका शेयर सदस्यहरुको आफ्नो वचत रकमको दोब्वर रकममा वढी हुनेगरी यो ऋण लगानी (प्रवाह) गरिनेछैन । यस ऋणको अधिकतम अवधि किस्तावन्दी भएमा यसै नीतिको दफा ५.१०.२ बमोजिम हुनेछ तर किस्तावन्दी नभएको ऋणको हकमा अधिकतम अवधि १ (एक) वर्ष हुनेछ ।

व्याजदर

  • यो ऋणको व्याजदर संस्थाले समय समयमा तोके बमोजिम बुझाउनु पर्नेछ ।

भुक्तानी तरिका

  • यो ऋणको सांवा व्याज एकमुष्ट वा पटक÷पटक गरी तिर्न बुझाउनु पर्नेछ ।